बैंक अफ काठमाण्डूको तिहारलक्षित नगद फिर्ता योजना, ५ प्रतिशतसम्मसम्म क्यासब्याक
काठमाडौं । बैंक अफ काठमाण्डूले तिहारलाई लक्षित गर्दै नगद फिर्ता योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत मोबाईल बैंकिङबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मसम्मको नगद फिर्ता योजना सार्वजानिक गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यो योजना कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र लागू हुने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले मात्र नगदफिर्ता पाउने बैंकले जनाएको छ ।
उक्त नगदफिर्ता योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ प्रयोगकर्ताले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० सम्मको नगदफिर्ता पाउनेछन् ।
बैंकको हालसम्म १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया