बैंक अफ काठमाण्डूको तिहारलक्षित नगद फिर्ता योजना, ५ प्रतिशतसम्मसम्म क्यासब्याक

काठमाडौं । बैंक अफ काठमाण्डूले तिहारलाई लक्षित गर्दै नगद फिर्ता योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत मोबाईल बैंकिङबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मसम्मको नगद फिर्ता योजना सार्वजानिक गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यो योजना कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र लागू हुने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले मात्र नगदफिर्ता पाउने बैंकले जनाएको छ ।
उक्त नगदफिर्ता योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ प्रयोगकर्ताले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० सम्मको नगदफिर्ता पाउनेछन् ।
बैंकको हालसम्म १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
प्रतिक्रिया