NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

एमालेबाट अझै प्रतिगमनको खतरा छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको नेतृत्वमा प्रतिगमन र अप्राकृतिक गतिविधि जारी रहेको आरोप लगाएका छन् । एमालेले कस्ता पात्र र प्रवृत्तिसँग सहकार्य गरिरहेको छ भन्ने कुरा त्यहाँभित्रका अनुहार हेर्दा प्रष्ट भएको उनले जिकिर गरे ।
‘एमालेको नेतृत्वमा प्रतिगमनकारी र अप्राकृतिक गतिविधि रोकिएको छैन । त्यहाँ कस्ता पात्र र प्रवृत्ति छन् भन्ने ओलीसँग सहकार्य गरेका नेताहरूको अनुहार हेर्दा प्रष्ट हुन्छ’, गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई मंगलबार ललितपुरमा सम्बोधन गर्दै उनले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धन अझै आवश्यक छ । यही गठबन्धनको बलमा निरंकुशलाई बालुवाटारबाट निकाल्न सफल भएका छौं ।’

सबैको सहयोगमा गठबन्धन बनेकाले निर्वाचनमा साझा उम्मेदवारलाई भोट हाल्न नहिचकिचाउन नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

ताजा अपडेट

नेपालवाच विशेष