NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

ओलीले कात्तिक ४ गते सर्वसाधारणसँग फोनमा भलाकुसारी गर्ने

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ४ गते सर्वसाधारणसँग टेलिफोन कुराकानी गर्ने भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले ‘कल केपी बा’ अन्तर्गत कात्तिक ४ गते टेलिफोनमा भलाकुसारी गर्न लागेको जनाएका छन् ।

यसका लागि फेसबुक पेजको म्यासेज बक्समा आफ्नो मोबाइल नम्बर पठाउन पनि ओलीले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्राप्त भएका नम्बरमा ओली आफैंले सम्पर्क गरेर कुराकानी गर्नेछन् ।

ओलीले यसअघि पनि उल्लेखनीय काम गरेका सर्वसाधारणसँग टेलिफोनमार्फत भलाकुसारी गर्ने गरेका थिए । सार्वजनिक रूपमा आह्वान गरेर ओलीले सम्पर्क गर्न लागेको भने पहिलोपटक हो । शीर्ष नेताले सार्वजनिक रूपमा नम्बर मागेर कुराकानी गर्न लागेको पनि सम्भवतः यो पहिलोपटक हुनुपर्छ ।