यी हुन् नुवाकोटका गठबन्धन उम्मेदवारका सारथि
नुवाकोट । आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटमा निर्वाचन परिचालन समिति गठन गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘वाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो ।
समितिको संयोजकमा कांग्रेसका राजकुमार थापा र सहसंयोजकमा माओवादी केन्द्रका कल्पना रिमाल रहेका छन् ।
सदस्यमा कांग्रेसबाट श्रीराम श्रेष्ठ, यादवप्रसाद नेपाल, नारायण अधिकारी, गोरेबहादुर मिजार र उद्धव मुडबरी ,नेकपा (माओवादी केन्द्र) बाट नवीन पुडासैनी, राजकुमार रेग्मी (सन्देश), गोकर्णनाथ न्यौपाने (गजेन्द्र), नारायणप्रसाद नेपाल र बद्री प्याकुरेल रहेका छन् ।
समितिको सदस्य–सचिवमा समाजवादी पार्टीका भगवान रानामगरलाई जिम्मेवारी दिइएको छ ।
उक्त समितिले गठबन्धन दलहरुको साझा उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सहयोग गर्न आवश्यक सबै किसिमको स्रोत–साधन परिचालनको जिम्मेवारी तोकिएको समितिका सदस्य नेपालले जानकारी दिए ।
उनको अनुसार आगामी निर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म सक्रिय रहने समितिले निर्वाचन जनपरिचालनका लागि सम्बन्धित पार्टी कमिटी, जनवर्गीय सङ्गठन तथा भातृ एवं शुभेच्छुक संस्थाको परिचालन, निर्वाचन प्रचारको कार्यक्रम तालिका र कार्यक्रमको स्वरुप निर्धारण गर्ने जिम्मेवारी तोकिएको छ ।
प्रतिनिधिसभाअन्तर्गत दुई र प्रदेससभाअन्तर्गत चार निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेस र माओवादी केन्द्रले बराबर सिट सङ्ख्या बाढेर उम्मेदवार उठाएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया