दक्षिण कोरियामा कोभिड-१९ सोमबार तुलनामा केही कम
काठमाडाैं । दक्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मंगलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड-१९ नयाँ संक्रमित देखिएका छन् । हाल कोरोनाका कुल संक्रमितको संख्या दुई करोड ५१ लाख ९४ हजार एक सय ७७ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन् ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिन ३३ हजार दुई सय ४८ को तुलनामा मङ्गलबार केही कमी अर्थात २९ हजार पाँच सय तीन सङ्क्रमित भएका छन् । गत हप्ताको पुष्टि भएका केसको दैनिक औसत सङ्ख्या २४ हजार ८६ थियो । नयाँ केसमध्ये, ७२ विदेशबाट आयात भएका छन् ।
गम्भिर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा चारले घटेर दुई सय ४३ पुगेको छ । यस प्रकोपको कारण थप ४३ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको संख्या २८ हजार आठ सय ९९ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया