एलोन मस्कको परफ्युम ‘बर्न्ट हेयर’ पूरै बिक्री, एक बोत्तलको १०० डलर

काठमाडाैं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलोन मस्कको ‘बर्न्ट हेयर’ परफ्युमको माग यसको सुरूवातसँगै उच्च मात्रामा थियो । उक्त ‘बर्न्ट हेयर’ को १० हजार शीशी एकैछिनमा (एक घण्टामा बिक्री भए । जसको मूल्य १० लाख डलर थियो ।
यो परफ्युम एक बोत्तलकै एक सय डलर अर्थात नेपाली रूपैयाँ १३ हजार २०८ रूपैयाँ पर्दछ ।
बुधवार बिहानै एलोन मस्कले आफ्नो ट्विटर ह्यान्डलमा एक ट्वीट पोस्ट गर्दै परफ्यूम पूरै रूपमा बिक्री भएको घोषणा गरेका थिए । उनले ट्विटरमा २८ हजार ७०० शीशी परफ्युम बिक्री भइसकेको खुलासा गरे ।
उनले अब १३ सय शीशीमात्रै बाँकी भएको जानकारी गराएका थिए । त्यसको केही छिनपछि उनले फेरी परफ्यूम पूरै बिक्री भएको बताए ।
फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार, टेस्लाका सीईओ एलोन मस्क २१८ बिलियन डलरको नेटवर्थको साथ शीर्ष १० धनीहरूमध्ये एक नम्बरमा पर्दछन् ।
‘बर्न्ट हेयर’ ब्राण्डको परफ्युम एलोन मस्कले भर्खरै मात्रै (एक साताअघि) बजारमा ल्याएका हुन् । यो परफ्युम महिला पुरूष दुबैले प्रयोग गर्न सकिने एलोन मस्कले बताएका छन् ।
The finest fragrance on Earth!https://t.co/ohjWxNX5ZC pic.twitter.com/0J1lmREOBS
— Elon Musk (@elonmusk) October 11, 2022
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया