NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

निर्वाचन आयोगले माधव नेपाललाई कारबाही गर्न किन दियो निर्देशन ?

काठमाडौं । निर्वाचन आयोगले नेकपा एसका अध्यक्ष माधव नेपालमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

रौतहट प्रहरीलाई पत्र लेख्दै निर्वाचन आयोगले नेपालबाट निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक रुपमा प्रलोभन देखाउने काम भएको भन्दै आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।

‘श्री माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकाले सो सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय ऐन) २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ ।’ आयोगले रौतहट प्रहरीलाई लेखेको पत्रका उल्लेख छ ।

नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा फ्रि भिसा र फ्रि टिकटमा युवाहरूलाई विदेश पठाउने आश्वासन सार्वजनिक रुपमा दिएका थिए । नेपाललेु ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भन्ने अभिव्यक्ति दिएका थिए ।

तर उनले स्पष्टीकरण नदिंदै आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । नेपालको यो अभिव्यक्तिको सार्वजनिक रुपमा पनि विरोध भएको छ । नेपाल रौतहट १ बाट सत्ता गठबन्धनमा नेकपा एसका उम्मेदवार हुन् ।