कांग्रेस केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनित
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समिति’मा थप सदस्य मनोनित गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिमा उनले आज थप १८ सदस्य मनोनित गरेको पार्टी कार्यालयले जनाएको छ ।
समिति सदस्यमा किरणबाबु श्रेष्ठ, जनकराज कलौनी, रेशमबहादुर बानियाँ, नरेन्द्र कुमाल, विमल गौचन, नरभान कामी, छायाराम खनाल, दीर्घराज काफ्ले, बलबहादुर गुरुङ, नवलबहादुर मल्ल, धर्मानन्द भट्ट, मनकुमारी गुरुङ, अर्जुनप्रकाश अर्याल, दीपकराज गुरुङ, गणेशबहादुर बस्नेत, मानबहादुर चन्द, अनिलकृष्ण प्रसाईं र दानबहादुर बम मनोनित भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया