तराईमा बढ्यो महँगी
काठमाडाैं । तराई–मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत बराबर रहेको छ ।
केन्द्रीय बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत बराबर थियो । गत भदौ महिनामा काठमाडौँ उपत्यकामा सात दशमलव ६२ प्रतिशत पहाडमा आठ दशमलव ८२ प्रतिशत र हिमालमा छ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।
बैंकका अनुसार २०७८ भदौ महिनामा काठमाडौँ उपत्यकामा तीन दशमलव २३ प्रतिशत, पहाडमा तीन दशमलव ९६ प्रतिशत र हिमाली क्षेत्रमा तीन दशमलव ५१ प्रतिशत बराबरको मु्रद्रास्फीति थियो ।
यस्तै भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति आठ दशमलव ६४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति आठ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव शून्य दुई प्रतिशत रहेको छ ।
विसं २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७ दशमलव २९ प्रतिशत, १४ दशमलव ५३ प्रतिशत, १२ दशमलव ३० प्रतिशत, १० दशमलव २४ प्रतिशत र नौ दशमलव ९४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २३ दशमलव ४१ प्रतिशत, १० दशमलव ५४ प्रतिशत, नौ दशमलव २५ प्रतिशत, आठ दशमलव ११ प्रतिशत र सात दशमलव ६९ प्रतिशत रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया