NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

डडेल्धुरामा देउवालाई अर्को आपत्, कांग्रेस वडा समितिले नै चुनाव बहिस्कार गर्ने

काठमाडौं । केही कम्युनिस्ट घटकहरूले व्यवस्थाको औचित्यमाथि नै प्रश्न उज्याउँदै लगातार चुनाव बहिस्कार गर्दै आइरहेका छन् । नेत्रविक्रम चन्द्र विप्लव समूहले स्थानीय चुनाव उपयोग गरे पनि मोहन वैद्य किरणहरू लगातार बहिस्कारमा छन् ।  यो चुनावमा पनि कहीँ कतै उम्मेदवारी नदिएको किरणको पार्टीले दल र व्यवस्थाको भण्डाफोर गर्दै चुनाव बहिस्कार गर्न आममतदातालाई अपिल गरिरहेको छ ।

कम्युनिस्ट घटकले बहिस्कार गर्दै आएजस्तै गरी कांग्रेसको वडा समितिले पनि आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ५ कमिटीले आसन्न चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।

समग्र विकासको वडाका लागि राखेका माग पूरा हुने विश्वासिलो आधार नदेखिएकाले चुनाव बहिस्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय गरिएको वडा सभापति जंगबहादुर थापा मगरले जनाएका छन् ।

वडा समितिले जिल्लाका नेतासँग संवाद नगर्ने निर्णय पनि गरेको छ । थापा मगरद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्र आफूहरू संवादमा बस्ने उल्लेख छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष