विश्वकै सबैभन्दा ठूलो हिरा लिलामी हुँदै, १५ मिलियन डलरमा बिक्री हुने अनुमान
काठमाडाैं । विश्वकै सबैभन्दा ठूलो रंगीन हिराको लिलामी हुने भएको छ । उक्त हिरा यही डिसेम्बरमा लिलामी हुँदै छ ।
न्यूयोर्कमा हुन लागेको लिलामीमा यो हिरा १५ मिलियन डलरभन्दा बढीमा बिक्री हुने अनुमान गरेको छ । यसको नेपाली मूल्य करिब एक अर्ब ९८ करोड ८८ लाख ५० हजार हो । (आजको डलरभाउअनुसार नेपाली रूपैयाँसँग तुलना गर्दा) ।
यो हिरा एक बालिकाले भग्नावेश अवस्थामा भेट्टाएकी थिइन् । हिरा खानीका मजदुरले यस हिरालाई फोहोर सम्झेर फ्याँकिदिएका थिए । यो हिरा नास्पती आकारको छ । यो हिराको नाम गोल्डेन केनारी हो । र यसको तैल ३०३.१० क्यारेट छ । लिलामीको लागि यसको आधार मूल्य एक डलर मात्रै राखिएको छ ।
हिराको रोचक तथ्य
बिजनेस टुडेमा छापिएको समाचारअनुसार सन् १९८० को दशकको सुरूवातमा एक जना बालिका आफ्नो काकाको अँगानमा खेल्ने क्रममा सो हिरा भेट्टाएकी थिइन् । त्यसबेला त्यसै राज्यका स्वामित्वमा रहेको हिरा खानीका मजदुरहरूले त्यो हिरा ठूलो भएकाले काम नलाग्ने फोहर सम्झेर फ्याँकिदिएका थिए ।
फोहर काम नलाग्ने सम्झेर फालिएका हिरा ८९० क्यारेटको कच्चा हिरा थियो । उक्त हिरा बालिकाले काकालाई दिएकी थिइन् । उनका काकाले त्यस हिरालाई नजिकैको व्यापारीलाई बेचेका थिए ।
यो हिरा पहिलोपटक सन् १९८४ मा अमेरिकाको स्मिथसोनियनको नेचुरल हिस्ट्रीको राष्ट्रिय संग्रलायमा सार्वजनिक गरिएको थियो । करिब पाँच वर्षमा कच्चा हिरालाइ १५ वटा ढुंगाहरूमा काटियो । यीमध्ये सबैभन्दा ठुलो ४०७.४९ क्यारेट तौल भएको खैरो-पहेँलो भएको हिरा थियो । त्यसपछि यसको रंग र आकारमा परिवर्तन भएको थियो । यस क्रममा तौल पनि घट्यो ।
यो हिराको अन्तिम आकारलाई ‘द गोल्डेन क्यानरी’ नाम दिइएको थियो । पहेँला हिरा अत्यन्तै दुर्लभ छन् । उत्खनन् गरिएका सबै हिराहरूको ०.००६ प्रतिशत मात्रै हो ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया