पल शाह प्रकरणमा बाबुराम : पीडितप्रति सहानुभूति हुनुपर्नेमा पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो

काठमाडाैं । एक बालिकालाई बलात्कारको अभियोगमा नायक पल शाह अहिले तनहु हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ ।
अहिले पल प्रकरणमा विभिन्न मानवअधिकारवादी, सेलिब्रेटी र सर्वसाधरण पक्ष विपक्षमा बोलिरहेका छन् । यस प्रकरणले सामाजिक सञ्जाल पुरै तातेको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे ट्युटरमार्फत एक टिप्पणी गरेका छन् । उनले ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा भएको टिप्पणी गर्दै पीडितको पक्षमा बोलेका छन् ।
उनले लेखेका छन् ,’नाबालिक किशोरीको यौनशोषण सम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूतिरसमर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो।’
पूर्वप्रधानमन्त्री डा. भट्टराईले अदालतको न्यायिक फैसला सबैले मान्नैपर्ने भएकाले सुरूमै न्याय प्रभावित नहोस् भन्ने अभिव्यक्ति दिएका छन् ।
नाबालिक किशोरीको यौनशोषण सम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो।लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर शुरूमै न्याय प्रभावित नहोस। https://t.co/1r2JM9FlwH
— Baburam Bhattarai (@brb1954) March 3, 2022
प्रतिक्रिया