छात्रावासबाट हराइन् १४ वर्षीया बालिका
तनहुँ । बौद्धिक अपाङ्गता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन् ।
व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपाङ्गता भएकी सलिना खातुन सो विद्यालयको छात्रावासबाट हराएकी हुन् । जिल्लाको भानुनगरपालिका–३ तुरतुरे घर भई हाल छात्रावासमा रही अध्ययन गर्दै आएकी १४ वर्षीय खातुन बिहीबार बिहानदेखि हराएकी छन् ।
बिहीबार बिहान अन्दाजी ४ बजेको समयमा कसैलाई पनि जानकारी नगराई छात्रावासबाट बाहिर निस्कर हिँडेको अनुमान गरिएको खातुन ४।५ फिट अग्लो रहेको बताइएको छ । आँखाको रङ कालो, कालो वर्ण, खैरो हाइनेक र नीलो सुरुवाल पोसाकमा उनी हराएकी विद्यालयकी शिक्षिका सीतादेवी कुँवरले जानकारी दिए । आफूहरुले बिहान ६ बजे मात्र उक्त कुराको जानकारी पाएसँगै खोजी कार्यलाई तीव्रता दिएको उनले बताए ।
बिहानीपख ढोका खोलेको छात्रावासमा बस्ने सहयोगीले थाहा पाए पनि दिसापिसाब फेर्न निस्किएको होला भनी बेवास्ता गरिँदा बालिका हराउन गएको बताइएको छ । उक्त आवासमा हाल आठ छात्रा र सात छात्र गरी पन्ध्रजना छात्रछात्रा बसेर अध्ययन गर्दै आएका थिए । छोरी हराएकाले कसैले भेटेमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन आमा दुखेला खातुनले सबैसँग आग्रह गरेका छन् ।
छोरी हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत बिहीबार नै खोजतलासका लागि जाहेरी दिई सकिएको उनले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया