NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

चुनाव प्रचारलाई देउवाले गठन गरे थप एक उपसमिति, संयोजकमा बस्नेत

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ५० जना सदस्यहरु उक्त समितिमा मनोनीत गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमितिमा ५० सदस्यहरू मनोनयन गरेको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।