पल प्रकरणमा युट्युबरका गतिविधिबारे बोल्यो प्रहरी, भन्यो : कारबाही हुन्छ
काठमाडौं । अभिनेता पल शाहमाथि लागेको बलात्कार प्रकरणमा युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू गरिहेको गतिबिधिबारे नेपाल प्रहरीले मुख खोलेको छ ।
प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोले आज विज्ञप्ति जारी गर्दै बलात्कारजस्ता गम्भीर प्रकृतिको मुद्दाको अनुसन्धान नै प्रभावित हुने गरी गतिविधि भएको भन्दै यस्तो गर्नेमाथि अब कारबाही गरिने जनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालद्वारा जारी विज्ञीपतमा भनिएको छ, ‘यस्ता क्रियाकलाप गर्नेलाई मुलुकी ऐन ०६३ को दफा ४७ बमोजिक कारबाही हुनेछ ।’
एक नाबालिग गायिकाले बलात्कारको आरोपमा अभिनेता शाहविरुद्ध तनहुँ प्रहरीमा मुद्दा दर्ता गराएकी छिन् । आरोपी शाह पक्राउ परिसकेका छन् ।
यसलाई लिएर कतिपय युट्युबर तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पीडितलाई नै झन् पीडा दिने ढंगले प्रचार गरिहेका छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया