कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं । कांग्रेसले शनिबार ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । यस अघि नै घोषणापत्र सार्वजनिक गर्ने तयारी भए पनि शनिबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान १० बजे केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिए । कांग्रेसले घोषणालाई यसपटक नेपाली कांग्रेसको संकल्पपत्र भनेको छ ।
महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको टिमले यसपटकको चुनावनको घोषणापत्र तयारी गरेको हो ।
शर्माले विभिन्न विधाका ‘एक्सपर्ट’लाई सहभागी गराउँदै संकल्प प्रस्ताव तयार गरेका हुन् । यसमा अल्पकालीन र केही दीर्घकालीन कार्यक्रमम समेटिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया