NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

प्रहरी हौँ भनेर खानतलासी गर्नेले नै लुटपाट गरेपछि…

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा सङ्लग्न रहेको अभियोगमा आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

उक्त समूहले फार्मेसी सञ्चालकलाई ‘हामी प्रहरी हौँ, तपाईँको पसलमा अवैध औषधि बिक्री भएको सूचना आएकाले खानतलासी गर्न आएका हौँ’ भनी फागुन १२ गते साँझ पसलमा लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले जुम्ला घर भइ काठमाडौँ बस्ने २६ वर्षीय देवीप्रसाद धिताल, काठमाडौं स्वयम्भू बस्ने धादिङ धुनीवेशीका ३० वर्षीय शङ्कर रेग्मी, काठमाडौं सानोभ¥याङ बस्ने डडेलधुराका हिक्मत महता, काठमाडौं चक्रपथ बस्ने कञ्चनपुरका २७ वर्षीय सुवाष रतोकी, काठमाडौं मित्रनगर बस्ने कञ्चनपुरका मिलन बोहरा, लिम्बू भन्ने भविन्द्र बेगा, दैलेख नौमुलका जीवन भन्ने योगेन्द्रबहादुर चन्द र काठमाडौं सामाखुसी बस्ने प्युठान गौमुखीका संगीत थापा भन्ने कमल सुनारलाई पक्राउ गरेको छ ।

उनीहरू काउन्टरमा भएको रु ६५ हजार नगदसहित मोबाइल, घडी, लुटपाट गरी फरार भएका थिए । खोजतलासका क्रममा प्रहरीले उनीहरूबाट ११ थान मोबाइल, एक थान घडी, एटिएम कार्ड र बैंक चेक बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष