पूर्व राष्ट्रपति यादवलाई २५ लाख आर्थिक सहायता
काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिदैं गर्दा सरकारले पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई २५ लाख रूपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।
गत कात्तिक ३ मा बसेकाे मन्त्रिपरिषद्काे बैठकले यादवलाई स्वास्थ्य उपचारका नाममा आर्थिक सहायता दिलाउने निर्णय गरेको हो ।
पूर्वराष्ट्रपति यादवलाई २०७३ सालमा प्रोस्टेट क्यान्सर भएपछि उनले सरकारी सहायतामा अमेरिकामा गएर उपचार गराएका थिए । त्यहाँबाट फर्किएपछि उनले हरेक वर्ष भारतको चण्डीगढस्थित पीजीआईएमइआर अस्पतालमा नियमित चेकजाँच गराउँदै आएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया