आँधीले मनिलाको जनजीवन प्रभावित
एजेन्सी । फिलिपिन्सको राजधानी मनिला र आसपासका क्षेत्रमा आइतबार आएको बाढीमा फसेकाहरूको उद्धार प्रयासलाई तीव्र गतिमा अघिबढाइएको छ ।
मनिलाको मुख्य टापु लुजोनमा रातभरको आँधीका कारण विद्युत् आपूर्ति बन्द हुनुका साथै मनिला र वरपरका केही बस्ती पानीमा डुबेका थिए् ।आँधीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगेको राष्ट्रिय विपद् निकायले जनाएको छ ।
दैवी विपत्तिमा परेर अधिकांशको मृत्यु दक्षिणी टापु मिन्डानाओका गाउँमा भएको हो । मनिलाको पारानाक उपनगरमा उद्धारकर्ताहरूले शनिबार रातभर पौडी खेलेर एक भवनको माथिल्लो तलामा थुनिएका बालबालिकासहित ६० जनालाई सुरक्षितस्थलमा पु-याएका थिए ।
गाउँका प्रमुख नोएल जाप्लोसले एक पार्टीमा सहभागी हुने क्रममा भेला भएका उनीहरू बाढीको पानी बढेपछि आत्तिएर चिच्याइरहेका थिए र रोइरहेका पाएपछि उनीहरूको उद्धार गरिएको बताए ।
उद्धार टोलीले खिचेको भिडियोमा ‘लाइफ भेस्ट’ लगाएका आपतकालीन उद्धारकर्मीले डोरीको सहायताले उनीहरूलाई भवनबाट बाहिर निकालेको र बालबालिकालाई तैरिरहेको अवस्थामा राखिएको देखिएको छ ।
गत मङ्लगलबार ‘अल सेन्ट्स डे’ को छुट्टीको लागि गएका दशौँ हजार फिलिपिनीहरू डुबानका कारण फसेका थिए । नागरिक सुरक्षा कार्यालयका अनुसार उक्त क्षेत्रमा २२ जना हराइरहेका छन् भने ४० जना घाइते भएका छन् । बाढीले पुल, सडक र बाली नष्ट भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया