इन्डोनेसियाका एयरपोर्टहरूमा जी २० प्रतिनिधिहरू र पत्रकारहरूका लागि फ्री भिसा
काठमाडौं (एजेन्सी) । जी २० शिखर सम्मेलनमा भाग लिन इन्डोनेसिया आउने विदेशी प्रतिनिधि र पत्रकारहरूले जकार्ताको सोइकार्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थल र बालीको नुगुराह राई अन्तर्राष्ट्रिय विमानस्थलबाट नोभेम्बर १ देखि निःशुल्क भिसासहित देश प्रवेश गर्न सक्नेछन्। सोकर्णो–हट्टा विमानस्थल अध्यागमन कार्यालयले मङ्गलबार सोबारे जानकारी दिएको हो।
बाली रिसोर्ट टापुमा हुन लागेको शिखर सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि र पत्रकारले राहदानी, फिर्ता वा एकतर्फी टिकट र दर्ताको प्रमाण वा निमन्त्रणा पत्र लगायतका आवश्यक कागजातहरू मात्र पेश गर्नुपर्ने अधिकारीहरूले जनाएका छन् ।
‘निःशुल्क भिसा प्रवेश नीति नोभेम्बर १८ सम्म कायम रहनेछ। र जी–२० सहभागीहरूलाई इन्डोनेसिया प्रवेशमा सहजता ल्याउँने उद्देश्यले सो निर्णय गरिएको जनाइएको छ।
‘हाम्रो मुख्य लक्ष्य भनेको हाम्रो अध्यागमन सेवाहरूसँग सहभागीहरूलाई सहज र सुरक्षित बनाउनु हो,’ एयरपोर्ट अध्यागमन कार्यालयका प्रमुख मुहम्मद टिटो एन्ड्रियान्टोले उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया