चुनाव प्रचार गर्न दल र उम्मेदवारलाई आजदेखि खुला
काठमाडौं । आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार गर्न आजदेखि खुला गरिएको छ ।
निर्वाचन आयोगले बिहीबारदेखि १७ दिन दलहरूले चुनावी प्रचार गर्न पाउने जनाएको छ ।
बुधबारसम्म घरदैलो अभियान गरेका दलले बिहीबारदेखि आगामी मंसिर १ गतेसम्म आमसभा, जुलुस, कोणसभा र सञ्चारमाध्यममा प्रचारप्रसार गर्न पाउनेछन् ।
आमसभासहितको चुनाव प्रचार गर्ने समय पनि आयोगले तोकेको छ । आयोगका अनुसार, बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र दल र तिनका उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउँछन् ।
उम्मेदवारहरूले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख भएकाबाहेक अन्य आश्वासन, प्रलोभनसमेत यो अवधिमा दिन पाउँदैनन् ।
आयोगले आचारसंहिताको परिधिमा रहेर प्रचार गर्न सबैमा अनुरोध गरेको छ । आचारसंहिता उल्लंघन गर्ने ७१ उम्मेदवारलाई आयोगले यसअघि नै स्पष्टीकरण सोधिसकेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया