देशमा प्रतिपक्ष नहुँदा वेथिति मौलायो, हामी त्यसको अन्त्य गर्छौं : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा प्रतिपक्षबिहिन भएकाले राज्यव्यवस्थामा वेथिति मौलाएको बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहिबार पार्टीको चुनावी ‘वाचापत्र’ सार्वजनिक गर्दै उनले वेथितिको अन्त्यका लागि वाचा पुरा गर्ने प्रतिवद्धता जनाए ।
‘राज्यका सबै अंग भुत्ते भए । राज्यका वेथितिबारे सबैलाई थाहा भएपनि कोही बोल्दैन । विश्लेषक, वौद्धिक वर्ग, ब्रम्हाण्ड खाएका व्यक्ति यहाँ छन्, ती कोही बोल्दैनन्’, उनले भने, ‘राज्यका हरेक अंग देश र जनताका सेवामा होइन, दलका शीर्ष नेताहरूको हितमा काम गरेका छन् । देशमा भ्रष्टाचार व्याप्त भएपनि राजनीतिक दलका नेताहरूले बोलेका छैनन् । बोलेपनि प्रतिपक्षमा पुगेपछि बोल्छन् । सत्तामा आएपछि चुप लाग्छन् । देश प्रतिपक्षबिहिन भए । प्रतिपक्षबिहिन भएको देशमा यस्तै अवस्था हुन्छ । उनीहरूलाई थाहा छ, विरोध गर्दा सरकार ढल्छ ।’
रविले पत्रकारका कलम पनि भुत्तो हुन थालेको आरोप लगाएका छन् । तिनीहरूले राजनीतिक वेथितिमाथि प्रहार गर्नुभन्दा पनि हामी जस्ता नव आगन्तुकमाथि प्रहार गरेको भन्दै उनले असन्तुष्ट पोखेका छन् । पाँच वर्षभित्र आफूले गरेको वाचा पुरा नगरे अर्कोपटक भोट नदिन उनले आग्रह गरे ।
‘म यसै कार्यक्रममार्फत भन्न चाहन्छु । हामीले पाँच वर्ष के गर्ने भनेर वाचा गरेका छौं । हाम्रा उम्मेदवार वाचापत्रसहित घरदैलोमा जाँदैछन् । जनताले राखेको सर्तमा हस्ताक्षर गर्न हामी तयार छौं । जनतासँग राखिएका वाचामा हस्ताक्षर नगरे हामीलाई भोट नदिनोस्’, रविले भने । रास्वपाभित्र ‘भोटर्स र लिडर्स’ मात्र रहनेभन्दै आर्थिक कारोवार पुरै पारदर्शी रहने उनले दाबी गरे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया