अमेरिकी संसदकी सभामुख पेलोसीका श्रीमान् अस्पतालबाट घर फर्किए
एजेन्सी । अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमान् स्वास्थ्यलाभ गरी घर फर्केका छन् । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा गत शुक्रबार बिहान पसेको एक जना आक्रमणकारीले ८२ वर्षीय पल पेलोसीको टाउकोमा हथौडी प्रहार गरेर गम्भीर घाइते बनाएको थियो ।
टाउको र हातमा गम्भीर चोट लागेका उनलाई जुकरवर्ग सान फ्रान्सिस्को जनरल अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरूले उनको शल्यक्रिया सफलतापूर्वक गरेका थिए ।
उनीहरूले घर फर्काइएका पललाई ‘पूर्णरूपमा आराम हुने’ जानकारी दिएका सभामुख पेलोसीका प्रवक्ताले बताएका छन् । पलले चिकित्सकलगायत उनको उपचारमा संलग्न सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
आक्रमणकारी डेभिड पेलाई हिरासतमा लिएर अनुसन्धान गरिएको थियो । ४२ वर्षीय अभियुक्त माथि अपहरणको मुद्दा चलाइने सरकारी अधिकारीहरूले बताएका छन् ।
उनीमाथिको अपराध पुष्टि भएमा २० वर्षको काराबासको सजाय हुनेछ । अभियुक्तले त्यसअघि पनि अर्का एकजना सरकारी अधिकारीमाथि पनि आक्रमण गरेकाले त्यो पनि प्रमाणित भएमा निजले ३० वर्ष जेलमा बिताउनुपर्नेछ ।
यसैबीच सभामुख पेलोसीले आफ्नो परिवारप्रति स्नेह र सद्भाव प्रस्तुत गरेका अमेरिकी नेतृत्व गण, नागरिकका साथै विश्वका अन्य देशका राजनीतिक व्यक्तित्व एवम् सर्वसाधारणमा कृतज्ञता ज्ञापन गरेकी छन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया