चुनावमा खटिने प्रहरी र म्यादीले पाउने भए यी अतिरिक्त सुविधा
काठमाडौं । आसन्न निर्वाचनमा मतदान केन्द्रमा खटिने प्रहरी र म्यादी प्रहरीले विभिन्न शीर्षकमा अतिरिक्त सुविधा पाउने भएका छन् । यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका प्रहरी र म्यादी प्रहरीले पाएकोभन्दा थप सुविधा यस पटक निर्वाचनमा खटिन लागेका सुरक्षाकर्मीलाई दिन लागिएको हो ।
चुनावमा खटिने प्रहरी र म्यादी प्रहरीले यस पटक चार दिनको खाजा खर्च पाउने भएका छन् । यसका लागि अर्थ मन्त्रालयले दैनिक तीन सयका दरले खाजा खर्च उपलब्ध गराउन बजेट उपलब्ध गराएको छ ।
निर्वाचनमा खटिने प्रहरीले एक जिल्लाबाट अर्को जिल्लामा खटिँदा १३ दिनको भत्ता पनि दिइने भएको छ । जिल्लाभित्र खटिनेले भने सात दिनको भत्ता पाउनेछन् ।
त्यस्तै, तयारी अवस्थामा रहने प्रहरीलाई पनि भत्ता दिइनेछ । उनीहरूलाई तीन दिनको भत्ता दिने गरी अर्थ मन्त्रालयले बजेट उपलब्ध गराएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया