जवानदेखि डिएसपीसम्मका २३ सय नेपाल प्रहरी भोलिदेखि फिल्डमा

काठमाडौं । नेपाल प्रहरीले मंगलबारबाट निर्वाचनलक्षित मातहतका सुरक्षाकर्मीलाई सम्बन्धित जिल्ला खटाउने तयारी गरेको छ । नेपाल प्रहरीका अनुसार पहिलो चरणमा प्रहरी प्रधान कार्यालयबाट दुई हजार दुई सय ९३ सुरक्षाकर्मी जिल्ला खटिनेछन् । जसमा प्रहरी जवानदेखि डिएसपीसम्मका सुरक्षाकर्मी हुुनेछन् । प्रहरीका अनुसार उनीहरू खोटाङ, ओलखढुंगा, सोलुखुम्बु, झापा, इलाम, कालिकोट, मोरङलगायत जिल्लामा जानेछन् । निर्वाचन सकिएपछि मात्रै उनीहरू फिर्ता हुनेछन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले निर्वाचनलक्षित सुरक्षाका लागि उपत्यकाबाट पहिलो चरणमा २२ सय सुरक्षाकर्मी जिल्ला पठाउने तयारी रहेको बताए । निर्वाचनमा नेपाल प्रहरीका मात्रै ६७ हजार दुई सय ९६ सुरक्षाकर्मी निर्वाचन सुरक्षा प्रयोजनमा खटिनेछन् । उनीहरूमातहत एक लाख १२ हजार म्यादी रहनेछन् । निर्वाचन सुरक्षार्थ पहिलो घेरामा म्यादी र नेपाल प्रहरीका सुरक्षाकर्मी खटिनेछन् । जसअनुसार प्रतिनिर्वाचनस्थल आठदेखि १२ जनासम्म सुरक्षाकर्मी खटाउने प्रहरीको तयारी छ ।
निर्वाचन आयोगका अनुसार देशभर १० हजार आठ सय ९२ निर्वाचनस्थल तोकिएका छन् । जसलाई सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएका छन् ।
जसअनुसार तीन हजार चार सय १२ स्थल अति संवेदनशील सूचीभित्र परेका छन् । निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ जनाको दरले १२ सुरक्षाकर्मी खटिनेछन् । सुरक्षा संवेदनशीलताको दृष्टिले चार हजार चार सय २० स्थल संवेदनशील सूचीभित्र परेका छन् । निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ गरी नौ सुरक्षाकर्मी खटिनेछन् । तीन हजार ६० निर्वाचनस्थल सामान्य सूचीभित्र परेका छन् । निर्वाचनस्थलमा भने नेपाल प्रहरीको तीन र म्यादी पाँच गरी आठ सुरक्षाकर्मी खटिनेछन् ।
ताजा अपडेट
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
प्रतिक्रिया