काठमाडौं २ : मुख्य प्रतिस्पर्धामा ओनसरी र मणिराम
काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत काठमाडौँ क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पूर्वसभामुख ओनसरी घर्ती र नेकपा एमालेबाट नेता मणिराम फुँयाल चुनावी प्रतिस्पर्धामा छन् ।
घर्तीलाई सत्तागठबन्धनमा रहेका दलहरुको समर्थन रहेको छ भने फुँयाल एक्लै चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बन्नुभएका माधवकुमार नेपाल सो क्षेत्रमा विजयी भएका थिए । नेपालले १२ हजार चार सय ६३ मतान्तरले कांग्रेसका उम्मेदवार दीपक कुइँकेललाई पराजित गर्दै २७ हजार तीन सय ६६ मत प्राप्त गरेका थिए । अहिले नेपाल नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष छन् । त्यतिबेला नेपाललाई वाम गठबन्धनको समर्थन थियो ।
गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले पाँच, एमालेले दुई र एकीकृत समाजवादीले एक वडामा जीत हासिल गरेका छन् ।
उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिका–९ र ३२ तथा कागेश्वरी मनोहरा नगरपालिका– ४, ५, ६, ७, ८ र ९ वडाहरु पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौँ महानगरको ९ र सोही क्षेत्रमा पर्ने कागेश्वरी मनोहराको ५, ७, ८ र ९ वडामा विजयी भएको छ । त्यस्तै एमाले काठमाडौँ महानगरको ३२ र कागेश्वरी मनोहराको वडा नं ४ मा विजयी भएको छ । कांग्रेसका वडाध्यक्षहरुले कुल नौ हजार पाँच सय ७०, एमालेले १३ हजार आठ सय १५, एकीकृत समाजवादीले पाँच हजार आठ सय ६१ र नेकपा माओवादी केन्द्रका वडाध्यक्षले नौ सय ५० मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालबाट महेश बास्तोला, नेमकिपाबाट अनिल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल (उपाध्याय), जनता समाजवादी पार्टी नेपालबाट गोपालबहादुर तण्डुकार, विवेकशील साझाबाट धनेज थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम, नेपाली कांग्रेस (बिपी)बाट हेमविक्रम सिलवाललगायतको उम्मेदवारी रहेको छ ।
क्षेत्र नं २ मा ४० मतदानस्थल र ९५ मतदान केन्द्र निर्धारण गरिएको छ । कुल मतदाताको सङ्ख्या ८१ हजार नौ सय ७० रहेको छ । जसमध्ये महिला ४० हजार नौ र पुरुष ४१ हजार नौ सय ६१ मतदाता रहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया