म्यानमारमा तीन करोड ७० हजार नागरिकले कोभिड-१९ विरुद्धको खोप लिए
म्यानमार । म्यानमारमा कोरोना भाइरसविरुद्ध लड्न तीन करोड ७० लाख व्यक्तिले खोप लगाएका यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । तीमध्ये तीन करोड ७२ हजार व्यक्ति १८ वर्ष भन्दा माथि रहेका र छ लाख ७० हजार व्यक्ति १८ वर्ष भन्दा कम उमेरका रहेका जनाइएको छ ।
पछिल्लो २४ घण्टामा थप ७० जना कोरोना संक्रमित थपिएपछि म्यान्मारमा कोरोना संक्रमितको कूल संख्या ६ लाख ३२ हजार चार सय ६१ पुगेको छ । स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा ९ हजार नौ सय ४३ जनामा कोभिड–१९ परीक्षण भएको र दैनिक पोजिटिभ दर ०.७ प्रतिशत रहेको बताइएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु नभएको जनाइएको छ । कोरोना शुरुभएबाट हालसम्म कोरोना सङ्क्रमणको कारण १९ हजार चार सय ८६ व्यक्तिको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया