निर्वाचनले देश र जनताको भविष्य बनाउँछ : अध्यक्ष लिङ्देन
सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीररुपमा लिन आग्रह गरेका छन् ।
आगामी मङ्सिर ४ को निर्वाचनलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो । सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन र विकासको लागि आगामी निर्वाचनमा राप्रपालाई मत दिन आग्रह गरे ।
सोही चुनावीसभालाई सम्बोधन गर्दै राप्रपाका पूर्वध्यक्ष पशुपति शमशेर राणाले समग्रमा देश विकासको कामलाई राप्रपाले नेतृत्व दिने र त्यसका लागि आगामी निर्वाचनमा मत दिन आग्रह गरे । उनले संसद्मा पुगेर सुनौलो देश निर्माणका लागि खबरदारी गर्ने बताबए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया