आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आज आइतबारदेखि ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०ः४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४० प्रतिशत हकप्रद बिक्री खुला गरेको छ । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरका लागि यसले फागुन १ गते बुक क्लोज गरिसकेको छ ।
यस हकप्रद सेयरमा लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । आइएमई जनरलको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।
हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरलको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया