भियतनाममा डेंगुका बिरामी बढे

भियतनाम । भियतनामको राजधानी हनोइमा डेँगुको ज्वरोका संक्रमित दिन प्रतिदिन बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको बताइएको छ ।
यहाँका स्वास्थ्य अधिकारीले हनोइमा डेँगुको उच्च जोखिममा रहेको देखिएकाले यसका विरुद्धमा सतर्कता अपनाउनुपरेको बताएका हुन् ।
यहाँ केही समयमात्र अघिसम्म हप्तामा पाँचदेखि सात सयसम्म डेँगुका संक्रमित देखिएकामा हाल हरेक हप्ता कम्तीमा पनि एक हजार चार सय जनामा सो संक्रमण देखिएको हो ।
यहाँ डेँगुको ज्वरोका बिरामी हरेक हप्ता बढ्दै गएकाले हनोइ सहरमा उच्च सतर्कता अपनाउनुपरेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार यहाँ यस वर्षमात्र यहाँ दुई लाख ९२ हजार जनामा डेँगुको संक्रमण भएको थियो । यस संक्रमणबाट यहाँका कम्तीमा पनि एक सय १२ जनाको ज्यान गएको थियो ।
यहाँका स्वास्थ्य अधिकारीले भियतनामको हनोइ सहरमा यसका संक्रमित बढ्दै जान थालेको र यो क्रम अहिले नै रोकिने अवस्था नदेखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताएका हुन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया