काठमाडौं महानगरमा खुला रुपमा आगो बाल्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रुपमा आगो बाल्ने तथा फोहार जलाउन निषेश गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै फोहार जलाउँदा वायु प्रदुषण बढ्ने तथा जनस्वास्थ्यलाई असर गर्ने हुँदा आगो बाल्न निषेध गरेको जनाएको छ ।
सूचना बमोजिम उक्त कार्य गरेमा महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्नेसमेत जानकारी गराएको छ ।
प्रतिक्रिया