खरीमा बलेरो पल्टियो, १ को मृत्यु, ५ घाइते
धादिङ । जिल्लाको ज्वालामुखी गाउँपालिका–४, खरीमा गएराति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा१ज ५५८० नंको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन् । घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया