१० अंकले घट्यो नेप्से

काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा झरेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार २२५ स्टकको १८ हजार ४५ पटकको कारोबारमा २० लाख २८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको भएको छ ।
१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०।६० प्रतिशत बढेको छ। यस दिन १२ उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।४४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
आइतबार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य सर्वाधिक ७.९० प्रतिशत बढेको छ । त्यसैगरी लक्ष्मी उन्नती कोषको इकाईमूल्य ३.७७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर शेयरमूल्य ३.७४ प्रतिशतले बढेको छ । आज नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.९० प्रतिशत घटेको छ भने निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, निर्धन उत्थान लघुवित्त, नबिल बैंक, हिमालयन पावर पार्टनर र नेपाल पुनर्बीमा कम्पनीको २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया