१० अंकले घट्यो नेप्से
काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा झरेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार २२५ स्टकको १८ हजार ४५ पटकको कारोबारमा २० लाख २८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको भएको छ ।
१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०।६० प्रतिशत बढेको छ। यस दिन १२ उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।४४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
आइतबार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य सर्वाधिक ७.९० प्रतिशत बढेको छ । त्यसैगरी लक्ष्मी उन्नती कोषको इकाईमूल्य ३.७७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर शेयरमूल्य ३.७४ प्रतिशतले बढेको छ । आज नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ६.९० प्रतिशत घटेको छ भने निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, निर्धन उत्थान लघुवित्त, नबिल बैंक, हिमालयन पावर पार्टनर र नेपाल पुनर्बीमा कम्पनीको २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया