रवि चढेको गाडीमाथि कसले गर्यो आक्रमण ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धनका कार्यकर्ताबाट आफूहरूमाथि आक्रमण भएको आरोप लगाएको छ । चुनावी कार्यक्रममा भाग लिन रास्वपका सभापति रवि लामिछानेको नेतृत्वमा चितवनको कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि आइतबार आक्रमण भएको नेता दिपक बोहराले जानकारी दिए ।
चुनावी र्यालीमा फिस्लिङतर्फ गइरहेका गठबन्धनका कार्यकर्ताले गाडी तोडफोड गरेको उनले बताए । सामाजिक सञ्जाल फेसबुकमा गाडीमाथि आक्रमण भएको दुई वटा भिडियो शेयर गर्दै बोहराले सुरक्षाकर्मी मुखदर्शक भएकोमा आपत्ति जनाए ।
सभापति लामिछानेले आफूहरूमाथि बर्बर आक्रमण हुँदासमेत प्रहरीले हस्तक्षेप नगरेकोमा आक्रोस पोखे । भिडियोमा आक्रमणकारीले रवि चढेको गाडीको सिसा फुटाएको र रवि प्रहरीसँग निकै आक्रोसित भएको देखिन्छ ।
‘म राज्य प्रशासनबाट सुरक्षित छैन । यो ममाथि भएको आक्रमण हो नि । निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ’, प्रहरीसमक्ष आक्रोसित हुँदै रविले भने, ‘आक्रमण गर्ने मान्छेलाई पुलिसले सेकुरिटी दिएर किन लगिरहेको छ ? मैले कसैलाई गाली गलौज गरेको छैन ।’
उनले आफ्नो ज्यान गएपनि आफूसँग भएका कार्यकर्ता सुरक्षित हुनुर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया