निर्वाचनपछि एमालेसँग सहकार्य हुँदैन, वर्तमान गठबन्धन २० वर्षसम्म कायम रहन्छ : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि अर्को गठबन्धन नबन्ने स्पष्ट पारेका छन् । निर्वाचनपछि अहिलेको गठबन्धन के हुन्छ ? अर्को गठबन्धन बन्छ कि भन्ने अनुमान गरिरहेको भन्दै उनले वर्तमान गठबन्धनलाई नै २० वर्षसम्म निरन्तर दिने बताए ।
लमजुङमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीसँगको संगतले आफूले दिव्य ज्ञान प्राप्त गरिसकेकाले अब एमालेसँग अर्को गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।
‘यो गठबन्धन चुनावसम्म मात्रै बनेको होइन। कतिपयले चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि भनेर अनुमान गरेका छन्’, उनले भने, ‘जबसम्म संविधान, लोकतन्त्र र व्यवस्थामाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ। बीस वर्षसम्म यो गठबन्धन रहोस्, अर्को गठबन्धन रहँदैन ।’
गठबन्धनप्रति विस्तारै लहर आएको जिकिर गर्दै निर्वाचनपछि मुलुकको आर्थिक वृद्धि, समृद्धि र सुशासनमा ध्यान दिने बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया