स्लोभेनियाको राष्ट्रपतिमा ट्रम्पपत्नी मेलानियाका वकिल विजयी
काठमाडौं (एजेन्सी) । स्लोभेनियाले पहिलो पटक राष्ट्रपतिका रूपमा महिलालाई पाएको छ । नतासा पिर्क मुसर त्यहाँको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
उनीसँगको प्रतिस्पर्धामा कन्जरभेटिभ नेता एन्ज लोगर मैदानमा उत्रिएका थिए । तर उनलाई पछाडि पार्दै मुसरले कीर्तिमानी जित हात पारिन् ।मुसरसँग पराजित लोगर पूर्व विदेश मन्त्री हुन् ।
मुसरले करिब ५४ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लोगरले ४६ प्रतिशत मत हासिल गरे ।
करिब २० लाख जनसङ्ख्या भएको यहाँ ४९.९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
मुसर पेसाले पत्रकार र वकिल हुन् । त्यहाँको वामपन्थी सरकारको समर्थन पाए पनि उनी निर्वाचनमा स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिएकी थिइन् ।
उनको परिचय पनि छ । उनलाई पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्नी मेलानियाको वकिलका रूपमा पनि चिनिन्छ ।अमेरिकी राष्ट्रपति चुनावको समयमा स्लोभेनियामा जन्मेकी मालानियाको हित रक्षा खातिर मुसरले वकिलको रूपमा काम गरेकी थिइन् ।
स्लोभेनियाको राष्ट्रपतिको भूमिका प्रायः औपचारिक हुन्छ । तथापि सेनाको कमाण्डर इन चिफ, केन्द्रीय बैंकका गभर्नरसहित धेरै शीर्ष अधिकारीहरू मनोनीत गर्ने अधिकार राष्ट्रपतिलाई दिइएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि एक प्रतिक्रिया दिँदै स्लोभेनियाली जनताले युरोपेली संघमा विश्वास गर्ने राष्ट्रपति चुनेको प्रतिक्रिया दिएकी छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया