गगनलाई जिताउनुपर्ने भन्दै बाग्लुङका युवाले बन्जीबाट हाम फाले

कुस्मा । नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नं. ४ मा प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउनु पर्ने सन्देश प्रवाह गर्दै बाग्लुङका एक युवाले बन्जीबाट हाम फालेका छन् ।
विश्वको दोस्रो अग्लो बन्जीबाट बाग्लुङ – ४ नारायणस्थानका ३५ वर्षीय सुमन शर्माले ‘भोट फर गगन थापा’ भन्दै हातमा प्लेटकार्ड बोकेर हाम फालेका हुन् ।
कालीगण्डकी नदीमाथि दुई सय २८ मिटर उचाइबाट हाम फालेको कार्यक्रमका संयोजनकर्ता पवन आचार्यले जानकारी दिए ।
शर्माले हाम फाल्ने क्रममा “जेन जी, जेनेरेसन गगन, विइ आर जेनेरेसन गगन, अबको पालो गगनको” भन्ने सन्देश प्रवाह गरेका थिए । उनले हाम फालेको भिडियो सामाजिक सञ्जालमा राखिएको छ ।
वर्तमान प्रधानमन्त्री तथा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवासहितका शीर्ष र प्रभावशाली नेताहरूलाई चुनौती दिँदै प्रधानमन्त्री बन्ने अठोट गर्नु आफैंमा राजनीतिक साहस भएकाले साहसपूर्ण प्रयासको समर्थनमा आफूले बन्जी जम्प गरेको शर्माको भनाई छ ।
प्रतिनिधि सभा निर्वाचन अगाडि प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गर्दा शीर्ष नेताहरूले राजनीति नै समाप्त पारिदिने खतरा मोल्दै निर्वाचनमा होमिएर महामन्त्री थापाले राजनीतिक जोखिम लिएर आफूहलाई आशावादी र प्रोत्साहित गराएको शर्माले बताए ।
महामन्त्री थापालाई नेपालको प्रधानमन्त्री बनाउनु पर्ने सन्देश प्रवाह गर्न यसअघि एसियाकै लामो भनेर दाबी गरिएको बाग्लुङ–पर्वत जोड्ने झोलुंगे पुल, पेरिसमा रहेको आइफल टावर, अस्ट्रेलिया, साइप्रसलगायत देशमा पनि युवाहरूले प्रदर्शन गरेका थिए ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया