बुद्ध एयरले पोखराबाट पनि बनारसमा उडान गर्ने
काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस उडान गर्ने भएको छ । बुद्धले २०२३ को जनावरीदेखि हप्ताको तीन दिन(आइतबार, मंगलबार र बिहिबार) पोखरा–बनारस–पोखरा उडान गर्ने भएको हो ।
हाल बुद्धले काठमाडौंबाट बनारस उडान गर्दै आएको छ । नागरिक उड्डयन प्राधिकरणले जनावरी महिनादेखि पोखराबाट पनि उडानका लागि तयार रहन यसअघि नै पत्राचार गरेको कम्पनीले जनाएको छ ।
योसँगै बुद्धले पोखराबाट दिल्ली र देहरादुन उडानका लागि पनि प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ । हाल भारत सरकारसँग नेपाल सरकारको हवाइ रूटका लागि पहल भइरहेको छ ।
भारतले हवाइ रूट र स्लटका लागि स्वीकृति दिनेवित्तिकै प्रत्येक दिन दिल्लीमा दुई उडान र देहरादुनमा सातामा तीन उडान गर्ने कम्पनीले जनाएको छ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया