बुद्ध एयरले पोखराबाट पनि बनारसमा उडान गर्ने
काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस उडान गर्ने भएको छ । बुद्धले २०२३ को जनावरीदेखि हप्ताको तीन दिन(आइतबार, मंगलबार र बिहिबार) पोखरा–बनारस–पोखरा उडान गर्ने भएको हो ।
हाल बुद्धले काठमाडौंबाट बनारस उडान गर्दै आएको छ । नागरिक उड्डयन प्राधिकरणले जनावरी महिनादेखि पोखराबाट पनि उडानका लागि तयार रहन यसअघि नै पत्राचार गरेको कम्पनीले जनाएको छ ।
योसँगै बुद्धले पोखराबाट दिल्ली र देहरादुन उडानका लागि पनि प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ । हाल भारत सरकारसँग नेपाल सरकारको हवाइ रूटका लागि पहल भइरहेको छ ।
भारतले हवाइ रूट र स्लटका लागि स्वीकृति दिनेवित्तिकै प्रत्येक दिन दिल्लीमा दुई उडान र देहरादुनमा सातामा तीन उडान गर्ने कम्पनीले जनाएको छ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया