सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कीलअप तालिम सम्पन्न
काठमाडाैं । सिप्रदी ट्रेडिङ प्रालिले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ । दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभरी रहेका सिप्रदीका च्यानल पार्टनरहरु – आधिकारीक सर्भिस सेन्टर (ASC), प्रमाणित ग्यारेज (CG) र आकस्मिक मर्मत सेवा केन्द्र | (FAT) बाट सिफारीश भएका १२ जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । तालिम सकेपछि सिफारिस गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका छन् ।
कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र खादा प्रदान गरेका थिए । समारोहमा प्रशिक्षार्थीहरुलाई बधाइ एवं शुभकामना दिदै प्रमुख कार्यकारी अधिकृतले उत्पादन गरिएका टेक्निशीयन, नवीनतम प्रविधिका टाटा गाडीहरुसमेत मर्मत सम्भार गर्न सक्षम रहेकाले टाटा गाडीका ग्राहकले अझै उत्कृष्ट सेवा पाउने जानकारी दिएका छन् ।
सिप्रदी सहायता संस्थाका बारेमा
सन् २०१२ मा स्थापना भएको सिप्रदी सहायता संस्था गैरनाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्नका लागि सिप्रदी सहायता संस्थाको स्थापना गरिएको कम्पनीले जनाएको छ ।
संस्थाले योग्य तर आर्थिक रुपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ । संस्थाले जेष्ठ नागरिकहरु, टुहुरा बालबालिकाहरु तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सेवा र सहयोग हरसम्भव पुर्याउने लक्ष्य लिएको छ । यसको साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया