प्रभु बैंकले घोषणा गर्यो ८ प्रतिशत लाभांश
काठमाडाैं । प्रभु बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने ६.५० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकले वितरण योग्य मुनाफा एक अर्व तीन करोड उनन्तीस लाख त्रिहत्तर हजार नौ सय बयान्नब्बे पैसा पचहत्तर रुपैयाँबाट बैंकको आव २०७८ र ०७९ मा कायम चुक्तापुँजी १२ अर्ब ७० करोड ८७ लाखको ६.५० प्रतिशतले हुने रकम ८२ करोड ६० लाख ६५ हजार सात सय एकहत्तर रुपैयाँ बराबरको बोनस शेयर र १.५० प्रतिशतले हुने रकम उन्नाईस करोड छ लाख तीस हजार पाँच सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश बैंकको आगामी एक्काईसौं वार्षिक साधारण सभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि लगानीकर्तामा वितरण हुने छ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया