युक्रेनद्वारा मरिउपोलबाट सर्वसाधारणलाई उद्धार गर्न सुरू
एजेन्सी । युक्रेनले आइतबार डोनेट्स्कको बन्दरगाह शहर मरिउपोलबाट नागरिकहरूलाई उद्धार गर्न सुरू गरेको छ ।
“उद्धार कार्य स्थानीय समय अनुसार मध्यान्हबाट सुरु हुनेछ,” डोनेट्स्क क्षेत्रीय सैन्य प्रशासन प्रमुख पाभ्लो क्रियालेन्कोले बताए ।
युक्रेनी समाचार संस्था, युनियानले बताएअनुसार नागरिकहरूलाई उद्धार गर्न बसहरू मरिउपोलतिर आइतबार मध्यान्नपहिले नै त्यहाँ पुगिसकेका छन् । यसअघि, रूसी सेनाहरूले युक्रेनका केही भागहरूमा १०ः०० बजेदेखि मानवीय उद्धारका लागि निर्धारण गरेको मार्गबाट उद्धार सुरू गरिसकेको छ ।
बिहीबारको दोस्रो चरणको शान्ति वार्ताको दौडानमा रूसी र युक्रेनी वार्ता टोली नागरिकहरूलाई युद्ध क्षेत्रबाट बाहिर निस्कन मार्गहरू स्थापना गर्न र उद्धार मार्गमा केही समयको लागि आक्रमण रोक्न सहमत भएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया