बालेनले पनि हालेनन् प्रदेश प्रतिनिधिलाई भोट
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रदेश सभा प्रतितिधिका लागि मत नदिई फर्किएका छन् ।
आइतबार कामनपा ९ स्थित गैरीगाउँस्थित अन्नपूर्ण मतदानस्थलमा पुगेका बालेनले प्रदेश सभा उम्मेदवारका लागि मत नदिए फर्किएका हुन् ।
प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फ मत दिएपछि सुरक्षाकर्मीले उनलाई अन्य दुईवटा बुथतिर इशारा गर्दै थिए । तर, बालेनले हातले त्यहाँ म नहाल्ने इशारा गर्दै मतदानस्थलबाट बाहिरिए ।
उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रदेश सभाका उम्मेदवारलाई मत दिएनन् । चितवन २ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका लामिछानेले प्रदेशको संरचनाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया