बालेनले पनि हालेनन् प्रदेश प्रतिनिधिलाई भोट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रदेश सभा प्रतितिधिका लागि मत नदिई फर्किएका छन् ।
आइतबार कामनपा ९ स्थित गैरीगाउँस्थित अन्नपूर्ण मतदानस्थलमा पुगेका बालेनले प्रदेश सभा उम्मेदवारका लागि मत नदिए फर्किएका हुन् ।
प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फ मत दिएपछि सुरक्षाकर्मीले उनलाई अन्य दुईवटा बुथतिर इशारा गर्दै थिए । तर, बालेनले हातले त्यहाँ म नहाल्ने इशारा गर्दै मतदानस्थलबाट बाहिरिए ।
उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रदेश सभाका उम्मेदवारलाई मत दिएनन् । चितवन २ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका लामिछानेले प्रदेशको संरचनाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया