बाजुरामा एउटा मतपेटिकामा आगजनी

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।
प्रहरीका अनुसार मतादन ‘क’ केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो ।
आगो कसले र किन लगायो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।
मतपेटिकामा आगजनी भएपछि अहिले त्यहाँ निर्वाचन स्थगित भएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया