ललितपुर क्षेत्र नं २ मा मध्यराती १ बजेबाट मतगणना हुँदै
ललितपुर । ललितपुर क्षेत्र नं २ को मतगणना मध्येराती १ बजेबाट शुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले मध्यराती १ बजेबाट मत गणना शुरु गर्ने निर्णय गरेको हो ।
यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट प्रेमबहादुर महर्जन र सत्ता गठबन्धनको तर्फबाट कृष्णलाल मर्हजन उम्मेदवार रहेका छन् ।
मर्हजन नेकपा एमाले विभाजित हुँदा माधव कुमार नेपालको नेकपा एसमा उभिएका थिए । ललितपुर क्षेत्र नं २ मा नेकपा एमाले र सत्ता गठबन्धनको उम्मेदवारवीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया