ललितपुर–२ बाट मतगणना शुरू
काठमाडौं । ललितपुर–२ मा मतगणना शुरू भएको छ । मतदान सकिएको साढे ९ घण्टापछि प्रतिनिधिसभा सदस्यको मतगणना शुरू भएको हो ।
यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट प्रेमबहादुर महर्जन र सत्ता गठबन्धनको तर्फबाट कृष्णलाल मर्हजन उम्मेदवार रहेका छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फमात्र मतगणना शुरु भएको मतदान अघिकृतको कार्यालयले जनाएको छ ।
अधिकृतका अनुसार चार ठाउँमा विभाजन गरी मतगणन गरिएको छ । यो निर्वाचन क्षेत्रमा ललितपुरको महालक्ष्मी नगरपालिका र महानगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ पर्छन् ।
त्यस्तै ललितपु–३ मा पनि मत गणना प्रकृया शुरु भएको छ । यहाँ गठबन्धनबाट उर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाल उम्मेदवार रहेकी छिन् । एमालेबाट अमृत खड्का उम्मेदवार छन् । यहाँ परम्परागत दलका उम्मेदवारलाई डा. तोसिमा कार्कीले कडा टक्कर दिने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया