काठमाडौं १ मा कांग्रेसको अग्रता
काठमाडाैं । काठमाडौं क्षेत्र नंबर १ को मगणना सुरू भइसकेको छ ।
हाल बानेश्वरस्थित संसद भवनको क्यान्टिमा भइरहेको मतगणनामा हालसम्म हजारवटा मत गणना भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसले अग्रता लिइरहेको जनाइएको छ ।
कसले कति मत पाए भन्नेबारे आधिकारिक जानकारी भने आउनै बाँकी छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, राप्रपाका रविन्द्र मिश्र, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, सुशासा पार्टीका रमेश खरेललगायत उम्मेदवार छन् ।


प्रतिक्रिया