रुपन्देही -४ को मतगणना सुरु

रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । नर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।
यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो ।
यहाँ कूल मतदाता एक लाख १० हजार सय ६९ रहेका थिए । क्षेत्र नं ५ मा पनि मतगणना भइरहको छ । क्षेत्र नं १,२ र ३ मा पनि केहीबेरमा सुरु गर्ने तयारी छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया