रुपन्देही -४ को मतगणना सुरु
रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । नर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।
यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो ।
यहाँ कूल मतदाता एक लाख १० हजार सय ६९ रहेका थिए । क्षेत्र नं ५ मा पनि मतगणना भइरहको छ । क्षेत्र नं १,२ र ३ मा पनि केहीबेरमा सुरु गर्ने तयारी छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया