कडा सुरक्षाबीच यसरी हुँदैछ काठमाडौं १ मा मतगणना [भिडियोसहित]
काठमाडौं । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएपछि विभिन्न क्षेत्रहरूमा मतगणना भइरहेकाे छ । मतपत्रको सुरक्षाको लागि कडा सुरक्षा व्यवस्था र तयारीकाबीच देशैभर मतगणना हुँदैछ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिए यताका चुनावमा देशभर तारजालीभित्रको बन्द कक्षमा मतगणना हुँदै आएको छ ।
यसपटकको निर्वाचनपछिको मतगणनामा पनि उस्तै सुरक्षाका मापदण्ड बनाएर मतगणना हुँदैछ ।
धेरैको आँखा परेको काठमाडौं १ मा पनि कडा सुरक्षाको बीच मतगणना जारी छ ।
काठमाडौं १ मा कांग्रेसबाट प्रकाशमान सिंह, एमालेबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, पुकार बम स्वतन्त्र पार्टीबा उम्मेदवार छन् ।
जारी मतगणनामा कांग्रेसका प्रकाशमान सिंह थोरै मतले अगाडि छन् । दोस्रोमा एमाले र तेस्रोमा मिश्र छन् ।
यसरी भइरहेको छ मतगणना
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया